एलन मस्क बने मानव इतिहासकै धनी व्यक्ति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । टेस्ला, स्पेस एक्स, स्टारलिंकलगायतका विभिन्न कम्पनीका मालिक एलन मस्क इतिहासकै धनी व्यक्ति बनेका छन् ।‘ब्लुमबर्ग बिल्यनियर्स इन्डेक्स’काअनुसार मस्कको व्यक्तिगत सम्पत्ति चमत्कारिक बृद्धिका साथ ३ खर्ब ४८ अर्ब अमेरिकी डलर पुगेको छ । यो रकम भनेको नेपाली रुपैयाँमा ४६९ खर्ब ८५ अर्ब ६० करोड २८ लाख नेपाली रुपैयाँ हो ।

व्यक्तिगत सम्पत्तिमा भएको यस्तो बृद्धिले मस्कलाई मानव इतिहासकै सबैभन्दा धनि व्यक्ति बनाएको हो । टेस्ला कम्पनीको सेयर मूल्यमा भएको बृद्धिको कारण उनको सम्पत्तिमा अचानक बृद्धि आएको हो । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयसँगै पछिल्ला दिनहरुमा टेस्लाको सेयर मूल्य आकाशिएको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्