बीआरआई परियोजनालाई सरकारले ऋणको रुपमा लिदैँनः सञ्चारमन्त्री गुरुङ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनालाई सरकारले ऋणको रुपमा नलिने बताएका छन् । मंगलबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई इंगित गर्दै बीआरआई परियोजनालाई ऋणको रुपमा ग्रहण नगरिने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीआरआई परियोजनालाई अनुदान लिनको लागि तयार रहेको तर ऋण कुनै पनि हालतमा नलिने बताएका छन् । उनका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणमा पनि बीआरआई परियोजनाका नाममा ऋण लिने सम्झौता हुँदैन बरु सरकारले अनुदानको मात्रै सम्झौता गर्छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्