रवि लामिछानेको बयान काठमाडौंमा सकिँदै,पर्सामा पक्राउ पुर्जी लिने तयारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सहकारी रकम अपचलन मुद्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सोमबार सकाउने तयारी छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयान लिन गएको बिहीबार काठमाडौं ल्याइएको थियो ।

शुक्रबारदेखि उनको बयान लिन थालिएको थियो । सरकारी वकिल कार्यालयमा लिइएको बयान सोमबार सकाउने तयारी रहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए । गएको कात्तिक २ गते उनलाई रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।

सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा असोज ६ गते पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पनि हालसम्म थुनामा छन् । उनलाई समेत बुटवल र काठमाडौं ल्याएर बयान लिइएको थियो ।

उनीहरूविरुद्ध पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको रकम अपचलनका विषयमा समेत प्रहरीले पक्राउ पुर्जी लिने तयारी गरेको छ । पर्सा प्रहरी स्रोतका अनुसार, आज वा भोलिमा रवि, छवि र जीबीविरुद्ध पक्राउ पुर्जीका निम्ति अदालतको अनुमति लिने तयारी छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्