गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो ६४१ किलो गाँजा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सुनसरी प्रहरीले गाँजासहितको गाडी नियन्त्रणमा लिनका लागि गोली चलाएको छ । प्रहरीले धरानमा चार राउण्ड गोली चलाएर गाँजा बरामद गरेको हो । प्रहरीले ६४१ किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाबाट गाँजा लिएर धरान तर्फ आउँदै गरेको गाडी रोकेर चेकजाँच गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्