भारतीय आधारकार्ड बनाएर क्यासिनोमा जुवा खेल्ने नेपाली पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । भारतीय आधारकार्ड बनाएर क्यासिनोमा जुवा खेलेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१ का ३७ वर्षीय विशाल बर्तौला छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनलाई ठमेलको छाँया सेन्टरस्थित क्यासिनो वाल्डो डाइनेस्टीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनले क्यासिनोमा जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा भारतीय आधार कार्ड बनाएको प्रहरीले जनाएको छ । उनीबाट उक्त कार्ड समेत बरामद भएको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्