रवि लामिछाने थप पाँच दिन हिरासतमा रहने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कास्की हिरासतमा छन्।

उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्