विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब, १५ महिनाको आयात धान्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालको विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कात्तिक मसान्तसम्मको विदेशी मुद्रा सञ्चिति २२ खर्ब ५५ अर्ब रुपैयाँ सञ्चिति रहेको छ । चार महिनामा विदेशी मुद्रा सञ्चिति १०.५ प्रतिशतले बढेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा कात्तिक मसान्तमा ९.४ प्रतिशतले बढेर १६ अर्ब ७० करोड पुगेको छ ।

हालको आयातलाई आधार मान्दा सञ्चित विदेशी मुद्राले १८ महिनाको वस्तु र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्