११ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ । बलात्कार र डाँका मुद्दामा ११ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका ४ का ३८ वर्षीय विकास मल्ल रहेका छन् ।

उनलाई १५ फागुन २०७५ मा कपिलवस्तु जिल्ला अदालतले ११ वर्षको कैद सजाय सुनाएको कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले बताए । कैद भुक्तानका लागि अदालत उपस्थित गराएर उनलाई कपिलवस्तु कारागार चलान गरिएको उनले बताए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्