नेपाल कम्प्याक्टका लागि एमसिसीको पाँच करोड अमेरिकी डलर सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । संयुक्तराज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसिसीको सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ।

यसले कम्प्याक्टको कूल बजेटलाई सात सय ४७ मिलियन अमेरिकी डलरसम्म पुर्‍याउने अमेरिकी दूतावासले जनाएको छ। यो कदमले अमेरिका र नेपालबीचको लगातार र सशक्त साझेदारीलाई प्रदर्शन गरेको छ। यसले नेपाली नागरिकहरूको जीवनस्तर सुधार गर्नका लागि रूपान्तरणकारी पूर्वाधार परियोजनाहरू अघि बढाउनका लागि दुवै देशको समर्पणलाई थप प्रगाढ पनि बनाउने बताइएको छ।

यस्तो सहयोग पूर्वाधार निर्माण वा सुधारका साथै नीतिगत तथा संस्थागत सुधारमा लगानी गर्नका निम्ति समयसीमामा बाँधिएका अनुदान उपलब्ध गराउने गरिएको छ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्