वडाध्यक्षको नेतृत्वमा स्थानीयको आक्रमण, प्रहरी हबलदार घाइते

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा रहेका गाउँलेको समूहले प्रहरीमाथि आक्रमण गरेको छ। स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवासँग विवाद भएपछि तनाव सिर्जना भएको थियो ।

चेकिङका क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको मधेश प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले बताए ।
सोही क्रममा राननगर गाउँपालिका–५ वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले चेकिङलाई अवरोध गर्न खोजेका थिए । सोही क्रममा उनीहरुको आक्रमणबाट प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट समेत लागेको बोहराले बताए ।

घटनापछि थप ३५ जनाको प्रहरी घटनास्थलमा पुगेको थियो। त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ। प्रहरीले हवाई फायर गरेपछि स्थानीय तितरभितर भएका थिए।

त्यसपछि स्थिति नियन्त्रण लिने क्रममा प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले सर्लाहीका डीएसपीको कमाण्डमा थप टोली झिकाएको थियो ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्