प्रतिक्रियावादी शक्तिहरू एमालेविरुद्ध झुटो प्रचारमा लागेका छन्ः प्रधानमन्त्री ओली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुत भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरू आतंकित भएको दाबी गरेका छन् । आइतबारदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीय रूपमा एमालेविरुद्ध झुटो प्रचारमा लागेको टिप्पणी गरे ।

उनले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुटा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन लाग्न आग्रह गरे । पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नुपरेको पनि टिप्पणी गरे ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्