भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या, काठमाडौं डाइभर्ट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ ।

बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन(एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए ।

विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्