काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएकी अञ्जला कोइराला बुधबार जिल्ला अदालत मोरङमा उपस्थित भएकी छन्। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी कोइराला मोरङ अदालतमा उपस्थित भएकी अदालतको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
मोरङको धनपालथान गाउँपालिका ३ को उमागौरी सहकारीको रकम अपचलन गरेको आरोपमा पोखरेल पत्नी अञ्जलासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।