देउवाले कमिशन खानलाई डडेलधुरामा विमानस्थल बनाउन खोजेः माधव नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कमिशन खानका लागि डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन्। बिहीवार सिंहदरबारमा बसेको अन्ताराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै नेपालले देउवामाथि यस्तो आरोप लगाएका हुन्।

उनले भैरहवा र पोखरा अन्ताराष्ट्रिय विमानस्थल नचल्दा पनि विमानस्थल बनाउने निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताए। उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नरहेको उनले उल्लेख गरे। मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरू कुनै उद्देश्य नरहेको बताए। विमानस्थलहरू चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरुले लिनुपर्ने बताए।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्