काठमाडौँ । राष्ट्रिय परिचयपत्र अब नागरिक एपमा पनि समावेश हुने भएको छ । एपमा अब राष्ट्रिय परिचयपत्र पनि उपलब्ध हुने भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिक एपसँग आबद्ध गर्न आवश्यक प्राविधिक काम भइसकेको जनाएको छ ।
विभागका सूचना अधिकारी शिवराज सेढाईंले नागरिक एपमा समावेश गर्न आवश्यक सिस्टम बनिसकेको बताए । नागरिक एपमा काम गरिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीले आउँदो साता राष्ट्रिय परिचयपत्र समावेश हुने बताएका छन् । यससँगै नागरिक एपको आवश्यकता वा परिचयपत्रको आवश्यकता परेको ठाउँमा मोबाइल एपबाटै पनि देखाउन सकिनेछ ।
नागरिक एपमा राष्ट्रिय परिचयपत्र समावेश गरिएसँगै यसलाई विभिन्न सरकारी सेवामा प्रयोग गर्नसकिने व्यवस्था गरिने भएको छ ।