काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी यू–१९ महिला टोलीको बिदाई गरेको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले शुभकामना सहित टोलीको बिदाई गरेका हुन् ।
नेपाली यू–१९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्ने छ । बाँकी तस्बिरमा हेर्नुहोस्…
तस्बिरः नेपाल फोटो लाईब्रेरी