काठमाडौँ । धादिङमा एक युवकको हत्या गर्ने एक जना पक्राउ परेका छन् । लेनदेन विवादमा खनियाबास गाउँपालिका–१ झार्लाङका ४५ वर्षीय रामबहादुर तामाङको हत्या गर्ने २४ वर्षीय नेशन तामाङ पक्राउ परेका हुन् ।
नेशन र सोही ठाउँका ४५ वर्षकै खलासे तामाङले लेनदने विवादमा रामबहादुरलाई निर्घात कुटपिट गरेको आरोप छ ।
कुटपिटबाट १४ पुसदेखि गम्भीर घाइते भएका रामबहादुको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो ।
कुटपिटको आरोप लागेका खलासे भने फरार छन् ।