बेलायत पठाउने भन्दै साढे ३१ लाख ठगी गर्ने पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–३ घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाल रहेका छन् ।

दाहालले बेलायत पठाइदिने भन्दै एक जनाबाट ३१ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई कागेश्वरी मनोहरा–८ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्