चरेश र अफिमसहित हेटौंडाबाट दुई भारतीय नागरिक पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चरेश र अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । अवैध लागूऔषध चरेश २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतको हरियाणा घर भएका २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका २० वर्षीय मनिस कुमारलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।

हेटौंडा हुँदै भारततर्फ लागूऔषध ओसारपसार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर जिप्रका हेटौंडामा जिम्मा लगाएको थियो । उनीहरूलाई आइतबार बिहान प्रहरीले सार्वजनिक गरेको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्