काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । सोमबार दिउँसो बस्नेगरी तय भएको बैठक अब माघ २ गते मात्रै बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ ।
नेताहरूको कार्यविभाजनबाहेक अन्य विषयमा सो दिन छलफल नहुने पौडेल बताउँछन् । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई जिम्मेवारी दिनेबारे भने अहिले केही निर्णय नहुने पौडेलले दाबी गरे । पासाङ पार्टीको पदाधिकारी, स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए ।
पूर्वउपराष्ट्रपति भइसकेको मान्छे पुनः राजनीतिमा सक्रिय भएको भन्दै केन्द्रीय समिति बैठकमै नेताहरूले आलोचना गरेका थिए ।