काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका दुई सदस्यका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले एक महिलासहित दुई जना सदस्य नियुक्तिका लागि दर्खास्त आह्वान गरेको हो ।
इच्छुक नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुर्याइ १५ दिनभित्र दरखास्त दिन सक्ने छन् ।
शिक्षा ऐनको प्रावधान अनुसार शिक्षक सेवा आयोगमा एक अध्यक्ष र दुई जना सदस्य (एक महिला) रहन्छन् । पदाधिकारीहरुको नियुक्ति पाँच वर्षको लागि हुन्छ ।