सुनचाँदीको मूल्य बढ्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले बढेर एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्