काठमाडौँ । आशिका तामाङ पाँच दिन प्रहरीको हिरासतमा रहने भएकी छन् । अभद्र मुद्दामा पक्राउ परेकी आशिकालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार अनुमति दिएको हो ।
आफूलाई अभियन्ता बताउने आशिका बुधबार स्वयम्भूबाट पक्राउ परेकी थिइन् । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिहेको छ ।
गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।