काठमाडौँ । राजस्वबाट उठेको ४० प्रतिशत रकम प्रदेश सरकारलाई नबुझाएको भनेर बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले दिएको अभिव्यक्तिप्रति काठमाडौँ महानगरपालिकाले आपत्ति जनाएको छ। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै महानगरले मन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र विषय नबुझी टिप्पणी गरेको बताएको छ।
स्थानीय तहको संरक्षकत्व प्रदान गर्नुपर्ने तहले ऐन कानुनमा रहेका जटिलता, विकास निर्माणमा बहुपक्षको लगानीको सुनिश्चितता, कर्मचारी व्यवस्थापन, शिक्षा, स्वास्थ्यका समस्या समाधान गर्न नेतृवदायी भूमिका निर्वाह गर्नुको सट्टा एकतर्फी लाञ्छना लगाइनु मन्त्रीकोगैर जिम्मेवारीपन भएको महानगरले ठहर गरेको छ।