काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा कानुन अध्ययन गरिरहेका नेपाल ल क्याम्पसका विध्यार्थीले प्रदर्शन गरेका छन् ।
बुधबार रवि लामिछानेको थुनछेक बहस सकेर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका रास्वपा समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा नेपाल कानुन क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् ।
उनीहरूले “कानुन व्यवसायीलाई कुट्न पाइदैन”, “मुद्दा लड्नु कानुन व्यवसायीको पेशागत धर्म हो”, “निलो क्रान्ति होइन स्वतन्त्र न्यायलय चाहियो” लगायतका नारा लगाउनुका साथै प्लेकार्ड समेत प्रदर्शन गरेका छन् । बाँकी तस्बिरमा हेर्नुहोस्…
तस्बिरः नेपाल फोटो लाइब्रेरी