काठमाडौँ । आइतबार काठमाडौंसहित देशका ६ वटा सहर अस्वस्थकर देखिएका छन् । वातावरण विभागका अनुसार मंगलबार काठमाडौंको शंखपार्कमा वायुको गुणस्तर सबैभन्दा खराब देखिएको छ । शंखपार्कको एक्यूआई १८० र पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर १०५.९ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ ।
सोही समयमा रत्नपर्कको एक्यूआई १७३ तथा पीएम २।५ को मात्रा ९५.८ पुगेको छ । यस्तै, खुमलटारमा एक्यूआई १७२ तथा पीएम २।५ को मात्रा ९८.७ , चितवनको भरतपुरमा एक्यूआई १६० र पीएम २.५ को मात्रा ७६.७ पुगेको छ ।
यी सबै सहर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ‘अस्वस्थकर’को सूचीमा परेका छन् । वायुको गुणस्तरमा मापदण्डअनुसार एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति घातक मानिन्छ ।