वैदेशिक रोजगारीमा जानेको संख्या १५.४९ प्रतिशतले बढ्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वैदेशिक रोजगारीमा जानेको संख्या १५.४९ प्रतिशतले बढको छ । वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जान तीन लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट तीन लाख ४० हजार ३३० जनाले श्रम स्वीकृति लिएका थिए ।

विभागले जारी गरेको विवरणअनुसार, २०८१ साउनदेखि पुस मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिनेमा तीन लाख ४८ हजार २४१ जना पुरुष र ४४ हजार ८२६ जना महिला छन् । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये ११.४० प्रतिशत संख्या महिलाको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा औसतमा प्रत्येक महिना ६५ हजार ५११ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्