काठमाडौँ । भीम रावललाई समर्थन गर्दै ५९ जनाले एमाले छाडेका छन्। सोमबार विज्ञप्ती जारी गरेर एमालेका विभिन्न विभाग र कमिटीमा रहेका ५९ जनाले एमाले परित्याग गरेको घोषणा गरेका हुन्।
परित्याग गर्नेहरूमा एमालेको केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर,सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्ट लगायत छन्।
अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै संयुक्त रूपमा उनीहरूले एमालेमा बसिरहनुको कुनै औचित्य नभएको जनाएका छन् ।
भीम रावलको योगदानको अवमूल्यन गर्दै पार्टीको अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण र राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धीको पक्षमा तथा भ्रष्टाचारविरूद्ध आवाज उठाएकै कारण सदस्यता ओली समूहले खाएको उनीहरूको दाबी छ।