अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो छन्ः गभर्नर अधिकारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताएका छन्। सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पछिल्लो समय बाढी, पहिरोका कारण निकै ठूलो असर परे पनि राष्ट्र बैंक वाह्य क्षेत्रमा सबल रहेको बताए। उनले बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको दाबी गरे। उनले बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको कारणले अर्थतन्त्रमा केही स्लोडाउन भएको बताए।

गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रलाई असर पार्ने बताए।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्