काठमाडौँ । काठमाडौं उपत्यकाका केही स्थानमा बुधबारदेखि १० दिनसम्म दैनिक ५ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गरी कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युत्ीय वितरण लाइन भूमिगत गर्र्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको जनाएको छ ।
प्राधिकरणका अनुसार विद्युत् अवरुद्ध माघ ९ गतेदेखि १८ गतेसम्म हुनेछ । माघ ९ गते कलंकी फिडर ९कुलेश्वर०अन्तर्गत मालपोत कार्यालय वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
माघ १० गते कोटेश्वर फिडर अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्र, माघ ११ गते च्यासल, लुभू फिडर र इमाडोल–१ फिडर अन्तर्गत बालकुमारी, इमाडोल तथा लुभू वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
यस्तै, माघ १२ गते बलम्बु फिडर अन्तर्गत बलम्बु क्षेत्र, माघ १३ गते रोपवे फिडर (कीर्तिपुर)अन्तर्गत त्रिभुवन विश्वविद्यालय वरिपरिका क्षेत्र, माघ १४ गते इमाडोल–१ फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुने जनाइएको छ ।
माघ १५ गते गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्र, माघ १६ गते मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, माघ १७ गते शंखमुल फिडर (बानेश्वर)अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्र र माघ १८ गते केएससी र ओल्ड एयरपोर्ट फिडर (बानेश्वर)अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले बताएको छ ।