माओवादीको प्राथमिकता सरकार नभएको प्रचण्डको दाबी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको दावी गरेका छन्। चितवनमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएर जनता भएको बताए।

“अहिले हाम्रो प्राथमिकता सरकार होइन। मैले धेरै चोटी भनेको छु,’ अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन।”

माओवादी केन्द्र अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने काममा लागिपरेको उनको भनाइ थियो।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्