गैँडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गैँडाको आक्रमणबाट चितवनको भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ ।

आक्रमणबाट घाइते भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

भण्डारीलाई माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो । रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्