काठमाडौँ । सरकारले पाठेघरको क्यान्सरविरुद्धको खोपलाई नियमित खोप तालिकामा समावेश गरेको छ । आगामी वर्षदेखि ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप १० वर्षका सबै बालिकालाई दिइनेछ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यो खोप नियमित खोप तालिकामा समावेश गरिएको जानकारी दिए । यही माघ २२ देखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई अभियानमार्फत यो खोप दिइँदै छ ।