अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको आदेशलाई अदालतको रोक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अमेरिकामा जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई अदालतले रोक लगाइदिएको छ । ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गर्दै अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

त्यसविरूद्ध परेको मुद्दामा सुनुवाइ गर्दै संघीय जिल्ला अदालतले ट्रम्पको आदेशलाई असंवैधानिक ठहर गर्दै कार्यान्वयन ल्याउन अस्थायी रूपमा रोक लगाएको छ। न्यायाधीश कोफनरले राष्ट्रपतिको उक्त आदेशलाई १४ दिनका लागि रोक लगाएको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले जनाएको छ।

यसबारेमा ह्वाइट हाउसमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै ट्रम्पले माथिल्लो अदालतमा अपील गर्ने बताएका छन्।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्