काठमाडौँ । जनकपुरको मधेस भवननजिक भएको मोटरसाइकल दुर्घटनामा परी भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु भएको छ । आज बिहान दुई वटा मोटरसाइकल आपसमा ठोकिदा पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको मृत्यु भएको हो ।
उनी जनकपुरको लक्ष्मिनीया गाउँपालिका वडा नम्बर १ निवासी रहेको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका यादवलाई अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल चालकसहित २ जना प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।