रविविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, आइतबार फेरि उपस्थित हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रूपन्देही जिल्ला अदालतमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

पहिलो दिन सरकारी वकिलका तर्फबाट जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका थिए ।

यस्तै, जाहेरकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, सुरेन्द्रराज भण्डारीसहित चारजनाले बहस गरेका थिए । शुक्रबार चिया समयपछि मात्रै लामिछानेका तर्फका कानुन व्यवसायीको बहस सुरु भएको थियो ।

उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्