काठमाडौँ । कैलालीमा भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १७ मा शनिबार राति ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैची प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रवक्ता दर्शन खड्काले बताए ।
घाँटीमा कैची प्रहारबाट गम्भीर घाइते भएका लालबहादुरको उपचारको क्रममा राति २ः५० बजे मृत्यु भएको खड्काले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका क्रममा घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको खुलेको छ । दाइको मत्यु भएपछि भाइ प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।