काठमाडौँ । दाङको तुलसीपुरस्थित एक बैंकको शाखा कार्यालयमा चोरी प्रयास गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१८ दुधरास निवासी २७ वर्षीय सन्तोष चौधरी रहेका छन् ।
तुलसीपुर प्रहरीका अनुसार चौधरीलाई आइतबार बिहान २ बजे तुलसीपुर उपमहानगरपालिका–५, बिपी चोकस्थित एनएमबी बैंकको शाखाभित्रैबाट पक्राउ गरिएको हो ।
चौधरी बैंकको ताला फुटाएरभित्र प्रवेश गरेको प्रहरीले जनाएको छ । बैंकभित्र छिरेका उनको साथबाट हथौडा, छिनो, ह्याक्सो लगायतका उपकरणहरू फेला परेको प्रहरीले जनाएको छ ।