Skip to content

कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाको करोडौँको सम्पत्ति जोगियो ! नगद, सुन र कागजात सबै सुरक्षित !

कालोपाटी

२९ मिनेट अगाडि

काठमाडौँ । कृषि विकास बैंकको नगद र सुन तथा महत्वपूर्ण कागजात सबै सुरक्षित रहेको पाइएको छ। भदौ १० गते आएको बाढीले बगाएको बैंकको भल्ट सुरक्षितसाथ प्रहरीले भेटाएसँगै बैंकको नगद र सुन तथा महत्वपूर्ण कागजात सबै सुरक्षित रहेको हो।

बाढीले बगाएको बैंकको त्रिशूली ढुंगे शाखाको दुई वटा भल्ट नेपाल प्रहरीले सुरक्षित रहेको जनाएको छ।

उक्त भल्टहरुमा १ करोड ५० लाख रुपैयाँ नगद रहेको थियो। साथै, अनुमानित ५० करोड रुपैयाँ बराबरका सुन तथा महत्वपूर्ण कागजात पनि उक्त भल्टमा रहेको थियो।

हाल बैंकको नगद र सुन तथा महत्वपूर्ण कागजात सबै सुरक्षित रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार