काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको हो ।
‘हाम्रो क्षमताले भ्याएसम्म खोजेर २४ शव निकालेका छौं । अरू ठाउँमा अझै खोज्न बाँकी छ,’ एसपी रेग्मीले अनलाइनखबरसँग भने ।
निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको उनले बताए । अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।
मुचुल्काकाको काम सकिएपछि पोस्टमार्टमका लागि शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइने उनले बताए ।
१० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण एउटै घरभित्र यति ठूलो संख्यामा मानिस मृत फेला परेका हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्