Skip to content

घट्यो सुनचाँदीको मूल्य

कालोपाटी

५२ मिनेट अगाडि

काठमाडौं । नेपाली बजारमा सोमबार ९असोज २६० सुनचाँदीको मूल्य घटेको छ ।

आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा झरेको छ ।

आइतबार सुनको मूल्य ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ रहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ४ हजार ४४० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार