Skip to content

काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ

कालोपाटी

३१ मिनेट अगाडि

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन गरेर ९८ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँहरूबाट २४ घण्टाको अवधिमा ९८ जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।

पक्राउ पर्नेहरूमा ७६ पुरुष र ११ महिला छन् ।

सार्वजनिक शान्तिमा खलल पुर्‍याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने, गुण्डागर्दी गर्नेहरू पक्राउ परेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार