काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश ठूलो संकटतिर उन्मुख भैरहेको बताएका छन् ।
‘देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कँदो अन्तरसंघर्ष, राज्यका प्रमुख अंगहरू न्यायालयरप्रशासनरप्रहरी लगायतमा अस्तव्यस्तता’ रहेको भनेर उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनी अगाडि लेख्छन्, ‘अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिंदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक संचारक्षेत्र र नागरिक वृत्तमा चुलिंदो निराशा, आदिले देश ठुलो संकटतिर उन्मुख भैरहेको संकेत गर्छ ।’
उनका अनुसार अब कुनै पनि बहानामा देशले अस्थीरता र उथलपुथल थेग्न सक्दै सक्दैन । ‘सबै आ–आफ्नो क्षेत्रबाट गम्भीर बनौं’ उनी लेख्छन्, ‘सक्छौं, सकारात्मक योगदान गरौं१ सक्दैनौं, नकारात्मक काम नगरौं ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्