Skip to content

निवर्तमान आईजीपी दानबहादुर कार्की पुनर्वहालीको मागसहित सर्वोच्च जाँदै

कालोपाटी

४० मिनेट अगाडि

काठमार्डौं । बुधबार जिम्मेवारीबाट हटाइएका नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की पुनर्वहाली माग गर्दै सर्वोच्च अदालत जाँदैछन् ।

कार्की निकट एक कानुन व्यवसायीले बताएअनुसार पदमा बहाली रहेको प्रहरी कर्मचारीलाई बिनाकारण जिम्मेवारीबाट हटाउनु प्रहरी ऐनविपरीत भएको भन्दै पुनर्वहाली माग गरिँदैछ ।

प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ ले गरेको व्यवस्थाअनुसार प्रहरी महानिरीक्षकको सेवा अवधि, पदावधि र उमेर हद गरी तीनवटै प्रावधानले कार्कीलाई पदबाट हटाउने अधिकार नदिइएको दावी रिट निवेदनमा गरिएको छ ।

कार्की नेपाल प्रहरी सेवामा २०५४ चैत १८ गते प्रवेश गरेका हुन् । प्रहरी नियमावलीले प्रहरी महानिरीक्षकका हकमा ३० वर्षको सेवा अवधी तोकेको छ । उमेर हद ५८ वर्ष छ । कार्कीको जन्ममिति २०२९ साउन १५ का आधारमा ५४ वर्ष पुगेका छन् । कार्यकाल ४ वर्ष तोकिएको छ । उनी महानिरीक्षक नियुक्त भएको कात्तिक २७ मा एक वर्ष पुग्छ ।

कार्कीको मुद्दामा नेपाल बारका अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य र गोविन्द बन्दीसहितका कानुन व्यवसायीले बहस गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार