काठमाडौं । गोरखाको आरुघाट गाउँपालिकाको सोतीस्थित फलामे मोटरेबल पक्की पुल नहुँदा शुक्रबार सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बुढीगण्डकी नदीमा आएको बाढीका कारण गोरखाको आरुघाट गाउँपालिका वडा नं. २ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल बगाएको थियो । पुल बगेपछि उक्त सडक खण्डमा यातायात तथा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गत असोज २५ गते बिहान करिब ५ः३० बजे चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङको बीचमा पर्ने सिरिङ्गे हिमालमा हिमपहिरो खसेको थियो । हिमपहिरोले स्थानीय उइनगुलुङ खोला थुनिएपछि बुढीगण्डकी नदीमा भीषण बाढी आएको थियो । सोही बाढीको तीव्र बहावले आरुघाट–२ र ३ लाई जोड्ने सोतीको रणनीतिक फलामे मोटरेबल पुल बगाएको हो ।
पुल बगेसँगै सडक सम्पर्क टुटेकाले आज बिहान ७ः२० बजेसम्म पनि उक्त खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध नै रहेको सम्बन्धित निकायले जनाएको छ । बाटो बन्द हुँदा स्थानीय बासिन्दा तथा माथिल्लो भेग जाने–आउने यात्रुहरूलाई आवागमनमा कठिनाइ भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL

प्रतिक्रिया दिनुहोस्