काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
आजको पहिलो खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हारसहित चार अंक जोडेको छ । प्लेअफको सम्भावना बलियो बनाउन सुदूरपश्चिमलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
यता तीन खेल खेलेको कर्णाली याक्सले एक जित र दुई हार बेहोरेको छ । आजको खेल जित्दै अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा कर्णाली हुनेछ । त्यसैले दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण मानिएको छ ।
त्यस्तै, आजै साँझ ५ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुनेछ । तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँड्दै तीन अंक जोडेको छ । आज पोखरालाई हराउन सके चितवनले अंक तालिकामा आफ्नो स्थान थप मजबुत बनाउन सक्नेछ ।
अर्कोतर्फ पोखरा एभेन्जर्स भने जारी प्रतियोगितामा पहिलो जितको खोजीमा छ । यसअघिका खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको पोखरालाई प्रतियोगितामा पुनरागमन गर्न आजको खेल जित्नुपर्ने चुनौती छ ।
आजका दुवै खेलले अंक तालिकाको समीकरणमा प्रभाव पार्ने भएकाले टोलीहरू जितको लक्ष्यसहित मैदान उत्रनेछन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्