काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कर उठाउन कटुवाल प्रथामा जस्तै चलन ल्याएको छ । महानगरले माइकिङ गर्दै कर उठाउन यसरी उर्दी जारी गरिरहेको हो ।
महानगरको यस्तो उर्दीले अधिकांस नगरबासी तीनछक परेका छन् ।
महानगरले शिष्टता, सदाचार भुलेर उत्तेजक र अनुशासनहीन शैली देखाएको भन्दै महानगरको यस्तो पारालाई धेरैले भद्दा पाराको संज्ञा दिएका छन् । ‘अहिले कोरोना कहरको बेला छ । यस्तो बेलामा किस्ता तिर्न नसकेका ऋणीलाई बैंकले पनि समय दिएका छन् । तर महानगरले एकपटक छलफल र पत्राचारसमेत नगरी पुरातनवादी शैलीमा कर उठाउन खोजेको छ । जुन सरासर अमर्यादित छ ।,’ स्थानीय भन्न थालेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्