काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै कर्मचारीको माग गरेको हो ।
कम्पनीले वित्त विभाग प्रमुख (व्यवस्थापक), उप-प्रदेश प्रमुख (कनिष्ठ अधिकृत/अधिकृत/वरिष्ठ अधिकृत), पर्फमेन्स एसोरेन्स अफिसर (अनुगमन अधिकृत (अधिकृत), चार्टर्ड एकाउन्टेण्ट/सेमी क्वालिफाईड चार्टड एकाउन्टेण्ट (सुपरभाइजर/कनिष्ठ अधिकृत/वरिष्ठ अधिकृत), Digital Integration and Development Officer(अधिकृत), Database Administrator-MIS Developer (सहायक/सुपरभाइजरकनिष्ठ अधिकृत/बरिष्ठ अधिकृत), IT Officer-Core Banking System (सुपरभाइजर/कनिष्ठ अधिकृत /अधिकृत),IT Officer- Network, System & Security (सुपरभाइजर/कनिष्ठ अधिकृत/अधिकृत), शाखा प्रबन्धक (सहायक/बरिष्ठ सहायक/सुपरभाइजर) र प्रशिक्षार्थी सहायक/करार कर्मचारीको माग गरेको हो । सो पदको लागि इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ठेगानामा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।