मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमालेको विजयी

Ad
  • कालोपाटी सम्बाददाता

मकवानपुर । स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजानिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार तथा भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

ईन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ । पुडासैनीले तीन हजार ७२२ मत र लामाले तीन हजार ७२५ मत प्राप्त गर्नुभएको थियो भने प्रमुखमा कांग्रेसका विश्व लामाले तीन हजार ४७२ मत प्राप्त गरेका थिए । यस गाउँपालिकाको पाँच वडामध्ये कांग्रेस तीन वडामा विजयी भएको छ भने एमालेले दुईवटा वडामा मात्र जित हात पार्न सफल भयो ।

त्यस्तै जिल्लाको भीमफेदी गाउँपालिका प्रमुखमा एमालेका हिदम लामा विजयी भएका छन् । आज बिहान सकिएको मतगणना अनुसार लामाले नेकपा माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका छन् । लामाले पाँच हजार ५९१ मत प्राप्त गर्दै विजयी भए भने माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरे । उपप्रमुखमा नेकपा एमालेकी पार्वती रानालाई पराजित गर्दै नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले यसअघिकी उपाध्यक्ष रानालाई जम्मा १६ मतान्तरले पराजित गरेका हुन् । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्