तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरबाट एक हजार ८३ विद्यार्थी लाभान्वित भएका छन् । स्वास्थ्य शाखाले विद्यालयमा दुईदिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
म्याग्दे–४ स्थित मिन माध्यमिक विद्यालयका ५६७ र म्याग्दे–२ को राधा माध्यमिक विद्यालयका ५१६ विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए । मिन माध्यमिक विद्यालयमा आयोजित शिविरमा ९८ जनामा नाक, कान र घाँटीको समस्या देखिएको छ । एक सय २३ जनामा दाँतको समस्या देखिएको छ ।
राधा माध्यमिक विद्यालयका १३१ विद्यार्थीको दाँतमा समस्या देखिएको घिमिरेले बताए । यस्तै ६९ जनामा नाक, कान र घाँटीको समस्या देखिएको छ । अन्य विद्यालयमा पनि शिविर सञ्चालन गरिने उनको भनाइ छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्